केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पति मरेको तीन वर्ष पछि एक महिलाले जन्माइन सोहि पतिको बच्चा

सहयात्रा टिभी

एजेन्सी । भदौ–११, एक जना महिलाले आफ्नो पतिको मृत्यु भएको तीन वर्ष पछि सोहि पतिको बच्चा जन्माएकी छन् । भारतकी सुप्रिया नामकी एक महिलाले पतिको मृत्यु भएको तीन वर्षपछि मुम्बइको एक अस्पतालमा सोहि पतिको बच्चा जन्माएकी हुन् ।

सुप्रियाका लोग्ने गौरबको सन् २०१५ को अगष्टमा कार दुर्घटनामा परि मृत्यु भएको थियो । उनको मृत्यु भएको तीन वर्षपछि उनको आफ्नै बच्चाले यस धर्तीमा जन्म लिएको छ ।

यो सुनिरहँदा विश्वास गर्न मुस्किल पर्ला । कतिपय धार्मिक व्यक्तिहरुले भगवानको लिला वा जादु सम्झदा हुन् । कसैले मृत्यु भएको व्यक्तिको बच्चा नभएर अन्य कुनै पुरुषको बच्चा होला भन्ने पनि सोच्लान् तर यी हाम्रा मस्तिष्कले सोचेका कुनै पनि कुराहरुले यस घटनासँग मेल खाँदैन ।

यो घटना न त ती महिलाले गरेको अवैध क्रियाकलापको प्रतिफल हो न त धार्मिक आस्थासँग जोडिएको कुरा हो । यो त विज्ञानसँग जोडिएको कुरा हो ।

गौरब र सुप्रियाको विवाह भएको पाँच वर्ष वितिसक्दा पनि उनीहरुबाट बच्चा नभएपछि उनीहरुले टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए । डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए ।

तर त्यहि प्रक्रियाकै विचमा गौरवको कार दुर्घटनामा मृत्यु भयो । गौरबको मृत्युपछि निरास बनेकी सुप्रियाले गौरबको बच्चा जन्माएर त्यहि बच्चा हेरि जीवन विताउने प्रतिबद्धता गरिन तर डाक्टरहरुको धेरै प्रयासपछि पनि सुप्रियाको गर्भमा बच्चा बस्न सफल भएन् ।

त्यसपछि सुप्रियाले अन्य कुनै महिलाको गर्भ भाडामा लिएर गौरबको शुक्रकिट प्रयोग गरि गौरबको बच्चा ती महिलाको पेटमा हुर्काइन । र ती महिलाले बच्चा जन्माएर सुप्रियालाई जिम्मा दिएकी छन् । लामो प्रयासपछि सफल भएकी सुप्रियाले लोग्ने मरेको तीन वर्षपछि सोहि लोग्नेको बच्चा जन्माएकी हुन् ।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्