बिमस्टेक अवधिभर त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश निषेध (विज्ञप्ति सहित)

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१२, त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिले अन्य आफन्त लिएर जान नपाउने भएको छ भने एक्लै जान नसक्नेले एक जना मात्र व्यक्ति साथी लग्न पाउने छ । अत्यन्तै जरुरी कामले विमानस्थलभित्र प्रवेश गर्नु परेपनि १० देखि १५ मिनट भित्र बाहिर निस्किसक्नुपर्ने छ ।

विमानस्थल भित्र प्रवेश गर्ने मानिसहरुलाई विमानस्थलको गोल्डेन गेटमा नै कडा चेकजाँच गरिने छ । विमानस्थल पास भएका वा परिचय पत्र भएका वा यात्रु लिएर आएका बाहेकका अन्य खाली ट्याक्सीहरु पनि गोल्डेन गेट भन्दा भित्र प्रवेश गर्न पाउँदैनन् । पार्किङ निषेध गरिएका स्थानमा मिनेटभर मात्र गाडि रोकिए पनि कारबाही हुनेछ ।

(विज्ञप्ति सहित)

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्