केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनी प्रेमी नखोजिदिएपछि डेटिङ एजेन्सीविरुद्ध मुद्दा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१२, लण्डनमा डेटिङ एजेन्सीले धनि प्रेमी खोजीदिन नसकेपछि एक महिलाले एजेन्सीविरुद्धमा मुद्दा हालेकी छन् । श्रीमानसँग सम्बन्धविच्छेद गरेर लामो समयदेखि एकल जीवन विताइरहेकी ती महिलाले धनाड्य प्रेमीको खोजी गरिरहेकी थिइन् ।

उनलाई धनि प्रेमी मिलाइदिन सहयोग मिल्ला भनेर उनले एक चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीको महँगो सदस्यता समेत लिइन् । तर उक्त कम्पनिले आफुले भने जस्तो प्रेमी खोजीदिन नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेकी हुन् ।

ती महिलाले डेटिङ कम्पनीविरुद्ध मुद्दा हालेपछि अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ ।

चेल्सीमा बस्ने ती ४७ वर्षीया महिला तीन सन्तानकी आमा पनि हुन् । उनले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिएकी थिइन् ।

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्