आज सेयर बजारमा सामान्य सुधार, नेप्से १.३७ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१२, आज मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज नेप्से एक दशमलव ३७ अङ्कले बढेर १ हजार एक सय ७७ दशमलव ९ अङ्क कायम भएको हो ।

आज नेप्सेमा एक सय ५४ कम्पनीका तीन हजार दुई सय ७४ कारोबारबाट छ लाख २२ हजार आठ सय एक कित्ता सेयर किनबेच भई १९ करोड पाँच लाख १३ हजार नौ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा उत्पादनमूलक १२ दशमलव २६, होटल १२ दशमलव २४ तथा विकास बैङ्क ८ दशमलव ६७ अङ्कले बढेको छ भने अरु समूहमा सामान्य सुधार आएको छ ।

आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये तीन समूहमा गिरावट आएको छ भने व्यापार समूहको कारोबार भएको छैन । आज सबैभन्दा बढी जीवन बिमा ३१ दशमलव ३, जलविद्युत् ३ दशमलव ४ र अन्य समूह शून्य दशमलव ८ अङ्कले घटेको छ ।

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्