केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केहि महान् प्रेरणादायी वाणीहरू, जसले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१२, कुनै पनि मानिस सफल हुनमा उ कुनै कुरा वा कोहिबाट प्रभावित भएको हुनुपर्छ । कसैको व्यवहार, बोली, बाणी, क्रियाकलापबाट प्रेरित भएर नै मानिस सफल भएका हुन्छन् । विश्वमा केहि त्यस्ता मानिसहरु थिए र छन्, जसका वाणीहरु निकै प्रेरणादायी र लोकप्रिय छन् । ती वाणीहरुले कसैको जीवनमा परिवर्तन ल्याउन सक्छ भने कसैलाई जीवनमा सफल बनाउन एक मार्गदर्शक बन्न सक्छ ।

केहि महान् व्यक्तिका केहि महान् वाणीहरु यसप्रकार छन् ।

१) सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । – अल्बर्ट आइन्स्टाइन
२) मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल
३) हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध
४) लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । – विलियम क्लेमेन्ट स्टोन
५) मैले आफ्नो करियरमा ९००० अवसरहरू गुमाए । मैले झण्डै ३०० खेल हारे । २६ पटक खेल जित्छु भन्ने भरोसा हुदाँहुदै पनि ती सट गुमाए । म पटक, पटक धेरै पटक जीवनमा असफल भए । त्यसैले त आज म यतीको सफल हुन सके । – माइकल जोर्डन
६) जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । – रोबर्ट फ्रस्ट
७) मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । – नेपोलियन हिल

प्रकाशित : 28 August, 2018

प्रतिक्रिया दिनुहोस्