केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिमस्टेकका लागी भुटानका प्रधानन्यायाधीश काठमाडौंमा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१३, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागी बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनमा भाग लिन आएका भुटानी प्रधानन्यायाधीशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि उनलाई स्वागत गरेका थिए ।

बिमस्टेकमा सहभागी हुन सात सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी र विदेशमन्त्रीहरू काठमाडौं आइसकेका छन्।

बिमस्टेकका अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू पनि काठमाडौं आउँदैछन्। आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना पनि काठमाडौं आउँदैछन्।
बिमस्टेकमा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, र म्यानमार सदस्य छन्।

नेपालले अध्यक्षका हैसियतमा यसपटक बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो।

प्रकाशित : 29 August, 2018

प्रतिक्रिया दिनुहोस्