केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कप छनोट : नेपालद्वारा ओमनसामु २ सय २२ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१३, एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानलाई २ सय २२ रनको विजय लक्ष्य दिएको छ । एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।

नेपालले निधार्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनायो । नेपालका लागि सागर पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए ।

नेपालको खातामा ज्ञानेन्द्र मल्ले ४५, आरिफ शेखले ३८, करण केसीले २६ रन जोडे । त्यसैगरी दिपेन्द्र ऐरीले ९, पासर खड्काले ८, सोमपाल कामीले ५ र सुवास खकुरेलले ४ रन जोडे ।

सातौ विकेटको रुपमा सोमपाल कामी आउट भएपछि आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले विस्फोटक पारी खेले । १० बलमा २६ रन बनाएका उनले २ छक्का र १ चौका हाने । अन्तिम ओभरमा नेपालले सागर पुन र वसन्त रेग्मीको विकेट गुमाए पनि १७ रन जोड्यो ।

प्रकाशित : 29 August, 2018

प्रतिक्रिया दिनुहोस्