केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खाना नखाइ तीस वर्षसम्म बाँच्ने जीव

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१३, हामी मानिसहरु खानका लागी नै बाँचे जस्तो गर्छौ र हरेक समय खानाकै विषयमा पनि सोचिरहेका हुन्छौँ । बिहान उठेपछि चिया, कफि, केहि समयपछि खाजा, अनि खाना, दिउँसो फेरि खाजा, चिया, बेलुकी पनि खाना हामी दिनमा नै कयौँ पटक विभिन्न थरी खानेकुरा खाइसकेका हुन्छौँ ।

कुनै साथी भेटियो ल के खाने, घरमा कोहि आयो के खुवाउने, घुम्न गइयो के खाने यसमै हुन्छ हाम्रो ध्यान । बच्चा जन्मियो खानकै लागी भोज, न्वारानमा भोज, भात खुवाइमा भोज, वर्षदिन पुग्यो जन्मदिनको भोज, त्यसपछि पत्येक वर्ष जन्मदिनको भोज, पढेर पास भएपिछे भोज, वर्तबन्ध, गुन्युचोली, विवाह, सन्तानको जन्म, चौरासी हुँदा हुँदा मृत्युपछि पनि परिवारले विभिन्न नाममा भोजको आयोजना गर्नुपर्छ । एउटा मानिसको जीवनमा जन्मदेखि मृत्युसम्म नै भोज र खानाको मात्र सोच हुन्छ ।

यस्तो शैलीमा बाँचिरहेका मानिसहरुमा ३० वर्षसम्म केहि नखाइ बाँच्ने जनावर पनि हुन्छ भन्दा अनौठो लाग्नु स्वभाविक नै हो । विश्वमा हाल एउटा त्यस्तो जनावर पत्ता लागेको छ, जुन जीव तीस वर्षसम्म केहि नखाइ बाँच्न सक्छ ।

वाटर रिज नाम गरेको जीव तीस वर्षसम्म केहि नखाइ बाँच्ने मात्र होइन ब्राम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा यो सजिलैसँग बाच्न सक्ने तथ्य पनि पत्ता लागेको छ । यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ ।

समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन ।
यो जीवको पत्ता लागेसँगै पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यता गलत सावित भएको छ ।

प्रकाशित : 29 August, 2018

प्रतिक्रिया दिनुहोस्