केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकै सुन्दर देश नेपाल ! कतै हामी संरक्षण र सम्वद्र्धनमा चुकेका त छैनौं ?

सहयात्रा टिभी

सहायात्राटीभी : नेपाल एक विकासोन्मुख मुलुक हो । कृतिम र बनावटी विकास र संरचनाहरुमा पछि भएपनि अनेकौँ प्राकृतिक देनले नेपाललाई विश्व मानचित्रमा चिनाएको छ । नेपाल विश्वमा नै गौतम बुद्धको देश, सगरमाथाको देश, बिर गोर्खालीको देश भनेर चिनिन्छ । एडोल्फ हिटलरले पनि भनेका थिए ‘मलाई गोखार्ली सेना दिने हो भने म विश्व जित्न सक्छु’ । यसबाट पनि प्रस्ट हुन्छ कि नेपाल गोखार्लीको नाममा विश्वमा नै परिचित छ ।

नेपालको राजनीतिक खिचातानी र मन्द गतिको विकास निर्माणलाई एकै छिन विर्सिएर यसको प्राकृतिक र ऐतिहासिक पक्षलाई मात्र सम्झने हो भने पनि नेपालमा जन्मन पाएकोमा देशप्रेमी नेपालीलाई गर्भ लाग्छ । संसारको सबैभन्दा ठूलो देश नै मेरो हो, संसारमा सबैभन्दा धनि नै म हो, म कुनै एउटा निश्चित क्षेत्रफलमा सिमित मुलुकमा होइन स्वर्गमा जन्मिएको छु भन्ने आभास हामी सवै देशप्रेमी नेपालीलाई हुन्छ । वास्तवमा हरेक दृष्टिकोणबाट नेपाल अन्य मुलुकको तुलनामा भिन्न अस्तित्व बोकेको मुलुक हो ।

नेपाल बहुजाति, बहुभाषी, बुहुधार्मीक, बहुसांस्कृतिक र बहुपहिचान भएको मुलुक हो । हामीले देखिरहेका छौँ, विश्वमा जाति र धर्मका नाममा युद्ध मच्चिरहँदा नेपालमा अनेक जात र धर्म मान्ने मानिसहरु भएपनि कहिल्यै धर्म र जातियताको नाममा कलह भने मच्चिएको छैन् । यहाँ धार्मिक सहिष्णुता छ, सहयोगको भावना, मानवता छ, एकअर्कामा सम्मान र आदर गर्ने संस्कार छ भने एकअर्कामा विश्वास पनि छ । पछिल्लो समयमा त अझ एक धर्मका मानिसहरुले अर्को धर्मको अनुशरण गर्ने, एक अर्काका चाडपर्व, रितिरिवाजमा सहभागी हुने र एक धर्मले अर्को धर्मका पर्वहरु पनि स–सम्मान एवं गौरवका साथ मनाउने गरेको पाइन्छ । यसले नेपालीहरुविचमा एकता कायम राख्नमा अझ बल पु¥याएको छ ।

नेपाल प्राकृतिक रुपमा पनि विश्वमा निकै धनि राष्ट्रको रुपमा परिचित राष्ट्र हो । नेपालको प्राकृतिक सौन्दर्यलाई नियाल्न र भरपुर मनोरञ्जन लिनकै निम्ति पनि विश्वका धेरै ठाउँहरुबाट पर्यटकहरु नेपाल आउने गर्छन् । हिमाल, पहाड, तराई तिनै किसिमको भौगोलिक क्षेत्र भएको नेपालको उत्तरतर्फ मनमोहक हिमशिखरका दृष्यहरुले मन नलोभ्याउनेहरु कम नै होलान् । धार्मिक, ऐतिहासीक महत्वका स्थलहरु, प्रचुर जैविक विविधता नेपालको अर्को विशेषता हो ।

नेपालको प्राकृतिक बनावट र ऐतिहासीक पक्षको शब्दमा जति व्याख्या गरेपनि त्यो कम नै हुन्छ । यहि विशेषताका कारण नेपालमा वर्षेनि हजारौँ पर्यटकहरु भित्रने गर्दछन् । नेपालमा पर्यटन व्यवसायको सम्भावना पनि प्रचुर मात्रामा छ । नेपालीहरुले थोरै मात्र ध्यान दिएर काम गर्ने हो भने न त खाडि मुलुकमा पसिना बहाउन जानुपर्छ न त बेरोजगारी भई भौतारिनु नै पर्छ । नेपालमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना भएपनि विविध समस्याका कारण यस क्षेत्रमा नेपालीहरुले खासै आर्थिक उपार्जन देखेका छैनन् । केहि देख्नेहरुले पनि व्यवस्थित रुपमा सञ्चालन गरिरहेको देखिदैन । यस क्षेत्रमा अनेकन समस्या भएको पर्यटन व्यवसायीहरुले बेलावखत आवाज उठाईरहेका हुन्छन् । यसमा राज्यले उचित मात्रामा व्यवस्थापन मात्रै गरिदिने हो भने पनि नेपाल न त विकासमा पछि पछ, न त यहां फुलेका गुँरासले संसार रंग्याउन पुग्ने रंग फुलाउँदा फुलाउँदै जिन्दगीको रङ भर्न कुनै नेपाली विदेशिनु पर्छ ।

पर्यटन व्यवसायको माध्यमबाट आर्थिक उपाजर्न त हुन्छ नै यसले विभिन्न राष्ट्रहरुसँगको सम्बन्धमासमेत मजबुति ल्याउँछ । पर्यटकहरु देशमा भित्रनु भनेकोे देशको पहिचान बढ्नु हो । एक पटक नेपाल घुम्न आइसकेका विदेशीहरु फेरि पनि आउने बाचा गरेर नै गएका हुन्छन् । याँहाको कला, संस्कार, संकृति, रितिरिवाजबाट प्रभावित हुनेहरुले यहाँको बारेमा आफ्नो मुलुकमा व्याख्या गर्छन् र अरुलाई पनि एक पटक नेपाल घुम्न प्रेरित गर्छन् । यसले देशको प्रचारप्रसार समेत हुन पुग्छ ।
कृतिम बनावट र सजावटबाट वाक्क भएकाहरु याहाँको पाकृतिक खोला, नाला, झर्ना, हरियाली पहाड, सुन्दर र मनमोहक हिमाल, लोकप्रिय र विश्व चर्चित खेलहरु बन्जि जम्प, ¥याफ्टिङ, प्याराग्लाइडिङ आदिबाट निकै आनन्द र सन्तुष्टि लिने गर्छन् ।

नेपाललाई प्रकृतिले त धेरै दिएको छ तर हामीले त्यसलाई संरक्षण र व्यवस्थापन गर्न भने पछाडी परिरहेका छौं । जसले गर्दा अझै पर्यटकहरु उल्लेख्य मात्रामा भित्राउन सकिरहेका छैनौँ । २०७२ सालको भुकम्पले अझ यहाँका धेरै ऐतिहाँसिक र धार्मिक संरचनाहरुलाई तहसनहस गरेको छ, जसको पूनःनिर्माणमा ढिलासुस्ति भइरहेको छ, यसले पनि पर्यटक आवागमनमा बाधा पु¥याएको देखिन्छ । नेपालमा पर्यटकहरुका निम्ति सुरक्षाको प्रत्याभुति छैन्, दुर्गम ठाउँहरुमा यातायातको अभाव, सञ्चार सुविधाको अभाव, आवश्यक र सुविधाजनक होटल र लजहरुको अभावका कारण पनि पर्यटक आवागमनमा समस्या देखिएको छ ।

नेपालमा पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने कुनै पनि नेपाली बेरोजगारी हुनुपर्ने अवस्था हुने थिएन् । यसलार्ई राज्यले ध्यान दिनु अहिलेको आवश्यकता हो ।
पर्यटन व्यवसायलाई व्यवस्थित गर्न पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति गराउने, आवश्यक सेवा सुविधाको व्यवस्थापन गर्ने, सुरक्षित हवाई तथा स्थल यात्राको प्रत्याभुति गराउने कार्य गर्नु अत्यन्तै आवश्यक छ । भुकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणमा पनि सरकारले तिव्रता दिनु उत्तिकै जरुरी छ । पर्यटन व्यवसायका निम्ति गन्तव्यहरुको पहिचान, प्रर्बद्धन र बजारिकरणमा पनि जोड दिन सक्नुपर्छ ।

दिनप्रतिदिन प्राकृतिक स्रोतको दोहन हुँदै गएको छ । मानववाटै प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमद्धारा प्राकृतिक र ऐतिहासिक सम्पदामा ह्रास आइरहेको छ । सम्बन्धित पक्षले यस्ता विषयमा ध्यान दिएर प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा जोड दिने हो भने नेपाल साच्चै जति सुन्दर छ, विश्व मानचित्रमा पनि यो सुन्दरता झल्कनेमा कुनै शंका छैन ।

यो पनि पढ्नुहोस्

श्रीमान श्रीमती नै व्यस्त हुनुुहुन्छ ? ख्याल राख्नुस तपाईको सन्तान डिप्रेसनमा पर्न सक्छन्

सार्वजनिक सवारीको यात्रा : महिलालाई मानसीक तनाव मात्र

राष्ट्रिय जनावर गाईको सम्मान अभियान : भाग–२

नेपालको समस्या र चुनौति बन्दै बाल विवाह

विवाह र यौन सम्वन्ध

दृष्टिविहिनलाई दया होईन अवसर देऊ

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 29 August, 2018

प्रतिक्रिया दिनुहोस्