बिमस्टेकका लागी आएका चार देशका राष्ट्र प्रमुख आज स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागी बङगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू आज स्वदेश फर्कदैछन् । आज दुई बजे सम्मेलन समापन हुनु अघि नै बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने छन् भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति सम्मेलन समापन भएपछि स्वदेश फर्कने भएका हुन् ।

परराष्ट्र मन्त्रालयको जानकारी अनुसार बंगलादेशका प्रधानमन्त्री हसिना आज दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ भने थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज नै साढे १ बजे फर्कने छन् । त्यसैगरि म्यानमारका राष्ट्रपति अपरान्ह ४ बजे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ः२५ बजे फर्कदैछन् ।

भारतीय प्रधानमत्री मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गर्नेछन् । आजको सम्मेलन समाप्तीपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार कार्यक्रम पनि छ ।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्