लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी

एजेन्सी । भदौ–१५, रियल मड्रिडबाट खेल्ने क्रोएसियन मिडफिल्डर लुका मोडरिच युरोपको उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। युइएफएले हरेक वर्ष प्रदान गर्ने युरोपको उत्कृष्ट फुटबलरको अवार्ड यस वर्ष लुका मोडरिचले पाएका हुन् ।
युरोपको उत्कृष्ट फुटबल खेलाडीका लागी चुनीएका मोडरिच, रोनाल्डो र सलाह मध्येबाट मोडरिचले सबैभन्दा बढि कूल ३१३ अंक पाएर उत्कृष्ट खेलाडी बनेका हुन् । रोनाल्डोले २२३ र सलाहले १३४ अंक मात्र प्राप्त गरेका छन् ।
मोडरिच युरोपको उत्कृष्ट फुटबलरका साथै युरोपको उत्कृष्ट मिडफिल्डर समेत घोषित भएका छन् । त्यसैगरि रोनाल्डो उत्कृष्ट फरवार्ड, केलर नाभास उत्कृष्ट गोलकिपर र सर्गियो रामोस उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।