केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रत्येक दिन कुकुरहरुको पार्टि चल्ने रेष्टुरेन्ट

सहयात्रा टिभी

एजेन्सी । भदौ–१५, अनेक अवसरहरुमा मानिसहरुले रेष्टुरेन्टहरुमा पार्टि दिने गरेको त हामीले प्रसस्तै सुनेका छौँ । तर विश्वमा एउटा त्यस्तो रेष्टुरेन्ट पनि छ जहाँ कुकुरहरुले दैनिक पार्टि गर्छन् । भारतको मुम्बईस्थित अंधेरीस्थित पेट्स इमोशन्स फूड एण्ड एभरिथिङ (पेफे) रेष्टुरेन्टमा दैनिक कुकुरहरुको पार्टि चल्ने गर्छ ।

याँहा दैनिक सय भन्दा बढि कुकुरहरु उपस्थित हुन्छन् । कुकुरहरुको जन्मदिन लगायतका विभिन्न अवसरहरुमा कुकुरका मालिकहरुले याँहा पार्टिको आयोजना गराउँछन् । यो रेष्टुरेन्ट नै कुकुरहरुको निम्ति बनाइएको हो ।

याहाँको सम्पूर्ण सजिसजावटहरु कुकुरहरुको आकर्षणलाई ध्यानमा राखेर तयार गरिएको छ । याँहा मुम्बई लगायत नासिक, पुणे र अहमदाबाद सम्मका मानिसहरु कुकुरहरुको पार्टिका लागी आउँछन् ।

मानिसहरुले यस रेष्टुरेन्टमा आफ्ना कुकुरहरुको पार्टिको आयोजना गरिदिन्छन् । र अन्य कुकुरहरुसँग भेटघाट गराउने र खेलाउने काम पनि गर्छन् ।

यस रेष्टुरेन्टमा कुकुरहरुको निम्ति आकर्षक र मिष्ठान्न भोजन तयार हुन्छ । खाना बनाउँदा समेत कुकुरको स्वास्थ्यलाई ध्यानमा राखि तयार गरिन्छ ।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्