केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफाका पूर्वउपाध्यक्षलाई ९ वर्षको जेल सजाय

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, विश्व फुटबल महासंघ (फिफा) का पूर्वउपाध्यक्ष जुआन एन्जल नउपोटलाई नौ वर्षको जेल सजाय र एक मिलियन डलर जरिवाना पनि तोकिएको छ। पाराग्वेका ६० वर्षीय जुआनलाई फुटबलमा आर्थिक भ्रष्टाचार गरेको ठहर गर्दै फिफा इथिक्स कमिटीले नौ वर्षको जेल सजाय र एक मिलियन डलर जरिवाना तोकेको हो ।

जुआनले सन् २००७ देखि २०१४ सम्म पाराग्वे फुटबल संघका अध्यक्ष भएको समयमा ठूलो मात्रामा आर्थिक अनियमितता गरेको भन्दै उनीमाथि फिफाले छानबिन गरिरहेको थियो।

फिफाले जुआनले विभिन्न फुटबल प्रतियोगितासहित मिडिया र मार्केटिङ सम्बन्धन दिँदा ठूलो मात्रामा आर्थिक अनियमितता गरेको ठहर गरेको छ। फिफाले छानबिनका लागि सन् २०१५ मा जुरिचको एक होटेलबाट जुआनसहित फिफासम्बद्ध अन्य सातजना पदाधिकारीलाई पनि पक्राउ गरेको थियो।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्