केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मदिराजन्य पदार्थ विक्री वितरण रोक्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१९, गैरकानूनी रूपमा मदिराजन्य पदार्थको विक्रीवितरण गर्ने कार्यलाई रोक्न सर्वोच्चले सरकारको नाममा आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले गैरकानूनी रुपमा हुने मदिराजन्य पदार्थको विक्रीवितरण कार्य रोक्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको उक्त आदेशमा मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र विक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

महिला हिंसाको मुख्य कारक तत्व नै मदिरा भएकाले मदिराको विज्ञापनमा महिलाको प्रयोगलाई समेत रोक लगाउन आदेशमा भनिएको छ ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्