केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजश्व छलेर काम गर्ने दश व्यापारीक फर्म कारबाहीमा

सहयात्रा टिभी

वीरगञ्ज । भदौ–१९, राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले चलानबाट सामान बिक्रिवितरण गर्ने, नक्कली बिलबिजकबाट कारोवार गर्ने र राजश्व छली गर्ने दश वटा व्यापारीक फर्मलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा नक्कली बिलबिजकबाट काम गर्ने र राजश्व छली गर्ने दश फर्मलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाले कारबाहि गरेको हो ।

राज्यलाई करोडौँको राजश्व छल गरि कामकारवाहि गर्दै आएका ती फर्महरुमा वीरगञ्जका मनोकामना मोटर पार्टस, सङ्तुलित फिड इन्डष्ट्र्रीज प्रा लि हेटौंडाका जलान आयरन एण्ड मेसिनरी स्टोर, एमवि केडिया डेण्टल कलेज, बाराका एग्रो प्रोसेसिंग प्रालि, पर्साका जगदम्वा इन्टर प्राइजेज प्रालि, कमसम सिमेन्ट इन्डष्ट्रीज प्रालि, राजेश मेटल एण्ड क्राफ्ट प्रालि, अशोक स्टिल इन्डष्ट्रीज प्रालि सिमरा तथा अग्रवाल विप्स प्रालि रहेका छन् ।

नक्कलि विलबिजकहरुबाट कारोबार गर्ने, चलानबाट सामानहरुको विक्रिवितरण गर्ने र बिल विना नै सामान बेचि राज्यलाई करोडौँको राजश्व छल गर्ने ती फर्महरुलाई कारबाहि गरिएको अनुसन्धान प्रमुख भिमप्रकाश देवकोटाले बताएका छन् ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्