महिला भलिबल लिग असोज दोस्रो साताबाट, विजेताले ६ लाखको पुरस्कार पाउने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१९, महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाण्डौँमा हुुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ यहि असोज दोस्रो साताबाट काठमाण्डौंमा हुने भएको हो ।

सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअबाधी फाउण्डेशनका प्रमखु कार्यकारीे दिनेशकुमार सिंहले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गरेका थिए ।

लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।यो पुरस्कार राशी भलिबलमा दिइएको हाल सम्मको सबैभन्दा उत्कृष्ट पुरस्कार राशी हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइनेछ ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्