केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नर्सरी स्कुलको एक स्वागत कार्यक्रममा पोल डान्स

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१९, चीनको एक नर्सरी स्कुलको एक स्वागत कार्यक्रममा पोल डान्स देखाइएपछि हाल सामाजिक सञ्जालमा हङ्गामा छाएको छ । सेप्टेम्बर तीन तारिखमा बालबालिका र अभिभावकको समेत उपस्थिति रहेको सिनसाहुई किन्डरगार्टेनको उद्घाटन समारोहमा पोल डान्स देखाइए पछि अभिभावकहरु समेत रुष्ट बनेका थिए ।

उक्त कार्यक्रममा छोटा छोटा कपडा लगाएका महिलाहरले नृत्य प्रस्तुत गर्नु मात्र नभइ पोल डान्स समेत देखाएका थिए ।

सानासाना बालबालिकाहरुको कार्यक्रममा पोल डान्स गरिएको भिडियो सामाजिक सञ्जालमा छाएपछि हाल यस विषयमा धेरैले टिक्काटिप्पणी गरिरहेका छन् । अभिभावकहरुलाई समेत बोलाइएको कार्यक्रममा यस्तो हर्कत गरिएपछि अभिभावकहरु समेत विद्यालयप्रति रुष्ट बनेका छन् ।

सिसिटिभीका अनुसार स्थानीय बाओन एजुकेशन ब्यूरोले स्कूललाई यसका लागि माफी माग्न आदेश दिएको छ । साथै स्कूलका प्रधानाध्यापकलाई बर्खास्त गर्दै घटनाको छानविन गर्न आदेश दिएको छ ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्