केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुला खानु शरिरको लागी फाइदाजनक

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१९, मुला शब्द नेपाली भाषामा प्रयोग भइरहने शब्द हो । मुला एक किसिमको तरकारी वा सलादको रुपमा प्रयोग गरिने खानेकुरा  हो । मुलालाई विशेष गरेर सलादको रुपमा नै प्रयोग गरिन्छ भने कहिलेकाहिँ तरकारी वा अचारमा पनि प्रयोग गर्ने गरेको पाइन्छ ।

खानपानमा हुने मानविय लापरवाहिले मानिसहरुमा विविध किसिमको रोग निम्त्याउने गर्छ । खानालाई सन्तुलित बनाउन विभिन्न किसिमका सन्तुलित खानेकुराका साथै सलादको पनि आवश्यकता पर्छ । सलादको आवश्यकता गाँजरका साथै मुलाले पुरा गर्छ ।

मुलालाई खानामा समावेश गर्न त्यति प्राथमिकता दिएको पाइँदैन् । तर यसले मानिसको शरिरलाई स्वास्थ्य राख्न विशेष भुमिका खेल्न सक्छ ।

मुलाले पायल्सको समस्या समाधान गर्न मद्यत गर्छ । मुलामा डिटक्सिफाइङ्ग गुण हुन्छ जसले पाचन प्रणालीलाई चुस्त बनाई कब्जियत हुने समस्याबाट राहत प्रदान गर्छ । त्यसैले पनि पाइल्स हुने व्यक्तिलाई चिकित्सकहरु मुला वा मुलाको जुस सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यसैगरि शरिरको तौल कम गर्न समेत मुलाको प्रयोग गर्न सकिन्छ । मुलामा नन-डाइजेस्टिबल कार्बोहाइड्रेट भरपुर मात्रामा पाइन्छ, जसले शरिरको तौल कम गर्न मद्यत पु¥याउँछ ।

त्यसबाहेक, मुलामा क्यालोरीको मात्रा ज्यादै न्युन हुन्छ र यसले शरीरको फ्याटलाई एकत्रित हुनबाट रोक्ने काम गर्छ । मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले निष्काशन हुने दिसालाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छन्, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छन् ।

मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न समेत लगाउन सकिन्छ । मुलामा एन्टी अक्सिडेन्ट उच्च पाइन्छ । एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्ससित लड्नमा मद्दत गर्छ र सेल्स विग्रनबाट जोगाउँछ । मुलाले शरीरमा विषाक्त जम्मा हुनबाट रोक्नुका साथै शरीरमा रहेका सम्पूर्ण विषाक्तलाई बाहिर फाल्नमा मद्दत गर्छ ।

मुलाले शरिरका माशंपेशीहरुलाई मजबुत बनाउन पनि मद्यत गर्छ । मुलामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुदाँ मांसपेशीलाई मजबुत बनाउन पनि मुला सेवन गर्न सकिन्छ । मुलामा विशेषगरी एन्टी व्याक्टेरियल गुण हुन्छ जसले पेट र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । कमल पित्त अथवा कलेजो सम्बन्धि जुनसुकै समस्या समाधान गर्न पनि मुलाको प्रयोग गर्न सकिन्छ ।

मुलाले शरिरमा रक्त संचारमा सहयोग गर्ने, रगत सफा राख्ने कार्य समेत गर्छ ।
भिटामिन ए पाइने मुला आँखाको लागी समेत फाइदा जनक हुन्छ । मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उमंग र उत्साहि हुने कुरा आयुर्वेदले समेत पुष्टि गरिसकेको छ । विभिन्न कारणले गर्दा छालामा भएका दाग वा पोतोहरुलाई हटाउन समेत मुला उपयोगी मानिन्छ । अनुहारमा डन्डिफोर निस्किरहने महिलाहरुले यसबाट बच्न नियमित रुपमा मुलाको सेवन गर्नु उपयुक्त मानिन्छ ।

प्रकाशित : 4 September, 2018

प्रतिक्रिया दिनुहोस्