आफ्नै हातमा आफ्नो मृत्यु दर्ता, आफुलाई जीवित सावित गर्न मुस्किल

महोत्तरी । भदौ–१९, महोत्तरीका रामसेवक यादव आफ्नै मृत्युदर्ता हातमा बोकेर आफुलाई जीवित सावित गर्न भौतारिरहेका छन् । ५८ वर्षका यादवलाई राज्यले मृत्यु भएको प्रमाणीत गरिदिएपछि यादव आफुलाई जीवित सावित गर्न दौडधुपमा लागेका हुन् ।
यादव २६ वर्ष भारतमा बसेर ४ वर्ष अघि नेपाल आएका थिए । उनका आफन्तहरुले उनको सम्पत्ति बेचेर खानका निम्ति उनको मृत्यु दर्ता गराएका रहेछन् र सम्पत्ति पनि बेचेर खाइसकेका रहेछन् ।
हातमा मृत्युदर्ता बोकेर आफुलाई जीवित सावित गर्न स्थानीय प्रशासन र प्रदेश नं २ का प्रमुखलाई गुहार माग्न समेत पुगेका यादव अझै कानुनको नजरमा जीवित हुन सकेका छैनन् ।
स्थानिय कुटिमा शरण लिएर बसेका यादव आजभोली मागेर जीविका चलाइरहेका छन् । यादवको मृत्यु दर्ता रद्द गर्न सकेमा उनले आफ्नो पैतृक सम्पत्ति फिर्ता पाउन सक्ने कानुन व्यवसायीहरु बताउँछन् । तर उनले निकै दौडधुप गरिरहँदा पनि न्याय पाउन अर्थात आफुलाई कानुनी रुपमा जीवित सावित गर्न सकेका छैनन् ।