एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाण्डौं । भदौ–२०, मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो ।
हङहङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाए । ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
किञ्चित साहले ११ रन बनाउनु बाहेक अन्य हङकङका खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । लिस्ट ए मा सबैभन्दा बढी विकेट लिएका सोमपाल कामीले ४० खेलबाट ५८ विकेट लिएका छन् ।
हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । यससँगै नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको छ ।