केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साफ च्याम्पेनसीप २०१८ का सम्पूर्ण खेल डिस होमको एक्सन स्पोटर्समा

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२०, साफ च्याम्पेनसीप २०१८ का सम्पूर्ण खेलहरुको डिस मिडिया नेटवर्क (डिस होम) ले प्रत्यक्ष प्रसारण गरिरहेको छ । बंगलादेशमा मंगलबारबाट सुरु भएको उक्त प्रतियोगीताको डिस होमले एक्सन स्पोटर्सको च्यानल नं. १०५ एस.डि र च्यानल नंं. ९९१ एच. डि बाट प्रत्यक्ष प्रसारण गरिरहेको हो ।

आज साँझ ६ः४५ मा भारत र श्रीलंकाविच प्रतियोगीता हुँदैछ । डिस होमका ग्राहकहरुले उक्त प्रतियोगीता घरमै बसिबसि एक्सन स्पोटर्स च्यानलमा प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् । डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्क लिमिटेडले ग्राहकहरुको थप सुविधाको निम्ति साफ च्याम्पेन्सीपका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण गरिरहेको हो ।
भाद्र १९ गतेबाट सुरु भएको उक्त साफ च्याम्पेन्सीप २०१८ को सेमिफाइनल भाद्र २७ गते रहेको छ भने भाद्र ३० गते फाइनल प्रतियोगीता हुनेछ । सम्पूर्ण च्याम्पेन्सीप प्रतियोगीताको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोटसर्् च्यानलमा हेर्न सकिने छ ।

डिस होमको एक्सन स्पोटर्स्मा अन्तराष्ट्रिय खेलकुद प्रतियोगीताहरुका साथै देश भित्रका पनि विभिन्न ठाउँहरुमा हुने खेलकुद प्रतियोगीताहरुको प्रत्यक्ष प्रशारण हुने गर्छ । १ सय ५० भन्दा बढि च्यानलहरुमार्फत ग्राहक वर्गमा सेवा प्रदान गर्दै आइरहेको डिस मिडिया नेटवर्क लिमिटेडले हाल एक्सन स्पोटर्स च्यानलमार्फत राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगीताको प्रत्यक्ष प्रशारण र खेलकुद कार्यक्रम प्रशारण गरि खेल प्रेमि ग्राहकका निम्ति भरपुर मनोरञ्जन प्रदान गर्दै आएको छ ।
नयाँ प्रविधिको प्रयोगसँगै आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेशन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको डिस मिडिया नेटवर्क लिमिटेडले २०२० सम्ममा सम्पूर्ण नेपालीको घरघरमा डिस होम पु¥याउने उद्देश्य लिएको डिस होम परिवारले जानकारी गराएको छन् ।

आफ्नै लोकप्रिय च्यानलमार्फत चौविसै घण्टा ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने डिस मिडियाको लोकप्रियाता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
सञ्चार मन्त्रालयले देशभरका एनालग केवल बन्द गराइ डिजिटल प्रविधिमा रुपान्तरण गर्ने रणनीति लिएर तिव्र अनुगमन र एनालग केवलको स्वीच अफ गराउने कार्य अघि बढाइरहेको बेला सम्पूर्ण मानिसहरुको ध्यान डिस होमले खिचिरहेको देखिन्छ । पछिल्लो समयमा सञ्चार मन्त्रालयले प्रदेश नं. १ को विराटनगर, इटहरी त्यसैगरि बुटवल र विरगञ्ज लगायतका शहरमा एनालग केवल बन्द गराएपछि त्यस क्षेत्रमा डिस होमको माग अत्याधिक बढेको पाइएको छ ।

डिस होमले अनेकौँ च्यानलमार्फत चौविसै घण्टा दिने सेवा र मनोरञ्जनले पनि ग्राहकहरु डिस होमप्रति सन्तुष्ट देखिन्छन् । अझ हिस होमले एक्सन स्पोटसर्् च्यानलबाट देशभरका विभिन्न खेलकुद प्रतियोगीताको प्रत्यक्ष प्रशारण, अन्तराष्ट्रिय खेलकुद प्रतियोगीताको पनि प्रत्यक्ष प्रशारण वा जानकारीमुलक कार्यक्रम प्रशारणले युवा वर्गमासमेत गतिलो छाप पार्न सफल भएको छ ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्