केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड आज भारत भ्रमणमा जाँदै, स्वदेश फर्किएलगत्तै चिन भ्रमणमा जाने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् । भारत सरकारको निमन्त्रणामा प्रचण्ड आज दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् भारत जान लागेका हुन् ।

प्रचण्डको भ्रमण टोलीमा प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरी, सचिवायका अन्य केही सदस्य रहेका छन् । प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुने प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका मन्त्री तथा नेताहरुसँग भेट गर्ने तालिका छ । त्यस्तै उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

शुक्रबार प्रचण्डले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भदौ २४ गते स्वदेश फर्कने प्रचण्ड स्वदेश फर्किएको ६ दिनपछि नै चिन भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्