नर्वेमा ८५.४ मिटर उचाइ भएको विश्वकै अग्लो काठको टावर निर्माण कार्य सम्पन्न
एजेन्सी । भदौ–२१, नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण कार्य सम्पन्न भएको छ । १८ तला भएको उक्त टावरको उचाइ ८५.४ मिटर रहेको अधिकारीहरुले जनाएका छन् ।
ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने किसिमले निर्माण गरिएको बताइएको छ । निर्माणकर्ताहरुका अनुसार टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको छ ।
टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो रहेको छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ ।
आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।