केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के यूरिक एसिडको समस्या छ ? जानीराख्नुस् यसका लक्षण र बच्ने उपाय

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२१, यूरिक एसिड रगतमा पाइने एक महत्वपूर्ण पदार्थ हो । यो शरिरमा सँधै सन्तुलित हुनुपर्छ । कुनै पनि कारणबाट शरिरमा यूरिक एसिडको मात्रामा बृद्धि भएमा त्यसले शरिरमा विभिन्न प्रकारका समस्याहरु निम्त्याउँदछ । यूरिक एसिडको मात्रामा वृद्धि भएको छ भने अचानक शरिरका जोर्नीहरु दुख्ने, सुनिने हुन सक्छन् । विशेषगरि यस रोगको सुरुवात खुट्टाको बूढी औँलो र पैतालाको जोर्नी दुखाई बाट सुरु हुन्छ । यो रोग बढ्दै गएपछि अन्य जोर्नीहरुमा पनि दुखाई सर्दै जान्छ ।

यूरिक एसिडको मात्रा शरिरमा बढ्नु निकै खतरनाक मानिन्छ । युरिक एसिड बढेमा यसको समयमा नै उपचार हुन सकेन भने मिर्गौलामा असर पर्न सक्छ । युरिक एसिडको वृद्धिले मिर्गौला फेल हुने, मिर्गौलामा पथरी हुने जस्ता समस्याहरु पनि देखापर्न सक्छन् । युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्‍याउँछ । यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ ।

युरिक एसिडको वृद्धि निकै खतरनाक हुने भएकाले यसको सन्तुलनमा विशेष ध्यान दिनु पर्छ । महिलामा ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटर सम्मको स्तर युरिक एसिड भए  सामान्य मानिन्छ भने पुरुषमा ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्मको स्तर सामान्य हुन्छ तर यो भन्दा बढि भयो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावना बढि हुन्छ ।

युरिक एसिड विभिन्न कारणले गर्दा बढ्ने गर्छ । वंशानुगत गुण पनि यस रोगको एउटा कारण हो । उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता कारणबाट पनि मानिसमा युरिक एसिड हुन सक्छ ।

युरिक एसिड भएमा निम्न लक्षयणहरु देखा पर्छन्

१) खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निने ।

२) जोर्नीहरु दिनमा भन्दा रातमा बढि दुख्ने,

३) दुखाइ अत्याधिक हुने,

४) प्रोटिन युक्त खाने कुराहरु खाएको समयमा दुखाइ सुरु हुने,

५) लामो समय यो समस्या भइरहेमा शरिरका अन्य भागका जोर्नीहरु पनि दुख्ने,

६) ज्वरो आउने,

७) लामो समयसम्म पनि युरिक एसिड नियन्त्रण नभएमा शरिरका विभिन्न भाग जस्तै कुहिना, कान, कुर्कुच्चा र कोमल तन्तुहरु जमेर कठोर तर नदुख्ने गाँठागुठी आउँने आदी ।

युरिक एसिडबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

१) पर्याप्त मात्रामा पानी पिउने

२) नियमित व्यायाम गर्ने,

३) धुमपान र मध्यपानबाट टाढा रहने,

४)प्रोटिनयुक्त खानेकुरा उपयुक्त मात्रामा मात्र खाने, अनावश्यक बढि मात्रामा प्रोटिन सेवन नगर्ने,

५)प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने

६) गुलियो पदार्थको सेवन कम गर्ने,

७) पेयपदार्थहरुको सेवन कम गर्ने,

८) शरिरको वजन घटाउने,

९) रक्तचाप सन्तुलित राख्ने,

१०) युरिक एसिड बढ्ने समस्या वंशाणुगत भएमा समयसमयमा चेकजाँच गराइरहने,

११) चिकित्सकको सल्लाह सुझाव लिने र नियमित औषधिको प्रयोग गर्ने

१२) खानामा सन्तुलित भोजनको सेवन गर्ने आदी ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्