बस दुर्घटनाबाट मानविय क्षति भएपछि तीन मन्त्रीले दिए राजिनामा

सहयात्रा टिभी

एजेन्सी । भदौ–२१, बुल्गेरियामा बस दुर्घटनामा मानवीय क्षति भएपछि तीन मन्त्रीले राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएसँगै आलोचना भएपछि सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने चारको अवस्था चिन्ताजनक रहेको छ ।

प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् । दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीतर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारलार्इ बताए ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्