केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्से ४ अङ्कले घट्यो, कारोबारमा भने वृद्धि

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२१, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अङ्कले घटेर बन्द हुँदा ७९ करोड रुपैयाँको करोबार भएको छ । १ हजार २ सय ३४ दशमलव १५ अङ्कबाट सुरु भएको आजको कारोबार सामान्य गिरावट आउँदै १ हजार २ सय २९ दशमलव ७७ अङ्कमा रोकिएको हो ।

कारोबार सुरु भएदेखि बढेको नेप्से ११ अङ्कको वृद्धिपछि घट्न थालेको थियो । फेरि ९ अङ्कले बढेर एकाएक गिरावट आउँदै ९ अङ्कले झरेको थियो । त्यसपछि क्रमिक रुपमा केही सुधार देखिएको नेप्से बन्द हुँदा ऋणात्मक ४ अङ्कमा रोकिएको हो ।

आज नेप्सेमा १ सय ७४ कम्पनीका ८ हजार ५ सय ८५ कारोबारबाट ३२ लाख २८ हजार ५ सय ६९ कित्ता सेयर खरिद बिक्री भई ७९ करोड ३३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमा ८४ दशमलव ७, जीवन बिमा ३८ दशमलव ८२, जलविद्युत् १५ दशमलव ९६, विकास बैङ्कको १५ दशमलव ९ अङ्कले घटेको छ ।

त्यसैगरि बजार घटेको दिन आज नेप्सेमा अन्य १४ दशमलव ०५, उत्पादनमूलक २० दशमलव ४१ र व्यापार ३ दशमलव ७६ अङ्कले सुधार आएको छ ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्