केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा समलिङ्गी यौनसम्बन्धलाई मान्यता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२१, भारतको सर्वोच्च अदालतले दुई वयस्क व्यक्तिबीच सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ। समलिङ्गी यौनलाई ‘अप्राकृतिक कसुरु’ मान्ने ‘सेक्शन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई सर्वोच्चका पाँच न्यायाधीश रहेको बेन्चले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो।

भारतमा समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि समलिङ्गी विवाह गर्न अर्थात यौन सम्बन्ध राख्न पाउनु पर्ने कुरामा पुरानो कानुनको विरोध गर्दै आइरहेका थिए ।

समलिङ्गी सम्बन्धलाई मान्यता दिनुपर्ने भन्ने विषयमा लामो समयदेखि अभियान चलाउँदै आइरहेका अभियानकर्ताहरुलाई सर्वोच्चको उक्त निर्णयले अत्यन्तै खुसी तुल्याएको छ । टेलिभिजनमा सुनुवाइ सम्बन्धि खबर हेरिरहेका अभियानकर्ताहरुले आफ्नो पक्षमा भएको फैसलाको समाचार सुन्ने बित्तिकै कराउँदै उफ्रिएर खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : 6 September, 2018

प्रतिक्रिया दिनुहोस्