साफ च्याम्पियनसिप : नेपालद्धारा भुटान ४–० अन्तरले पराजित

काठमाण्डौं । भदौ–२२, बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ। बिहीबार ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाले भुटानलाई ४-० ले हराएको हो ।
नेपालको लागि अनन्तले २१ औं मिनेटमा गोल गरे । त्यसैगरि खेलको ७० औं मिनेटमा सुनीलले गोल थपे भने खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले ७९ औं मिनेटमा गोल गरे र खेलको ८८ औं मिनेटमा निराजनले एक गोल गरेपछि नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपाललाई सेमिफाइनलमा स्थान सुरक्षित गर्न यो खेल जित्नै पर्ने दबाब रहेको थियो। हारसँगै भुटानको भने सेमिफाइनलमा स्थान बनाउने सम्भावना समाप्त भएको छ।
नेपालले समुह चरण अन्तर्गतको अन्तिम खेल आगामी शनिबार आयोजक बंगलादेशसँग खेल्नेछ ।