केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैनिक मेवा खानुस, रोगबाट बच्नुस् !!!

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२,  मेवा एक स्वास्थ्यवर्धक र स्वादिलो फल हो । अझ गर्मी मौसममा त यसको माग अत्याधिक नै हुने गर्छ । यसले शरिरलाई स्वाथ्य राख्न मद्यत गर्नुका साथै स्वादका हिसावले पनि यो उचित मानिन्छ । धेरै मानिसहरुलाई फलफुलमा कुनै मन पर्ने कुनै मन नपर्ने हुन सक्छ तर मेवा प्राय सबैलाई मन पर्ने फल हो । यसमा अन्य फलफुलको तुलनामा भिटामिन ए उच्च हुने गर्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । आयुर्वेदिक रुपमा उपचार गराउनेहरुले पनि धेरै रोगको निधानको निम्ति मेवाको प्रयोग गर्ने गरेको पाइन्छ । केहि विद्धानहरु मेवाको फल मात्र नभएर यसको पुरै बोट नै औषधिमुलक भएको बताउँछन् ।मेवा घरघरमा सजिलै फलाउन सकिने फल हो । साथै यो बजारमा पनि सजिलै र सस्तो मुल्यमा नै प्राप्त गर्न सकिन्छ ।

मेवाका केहि फाइदाहरु यसप्रकार छन् :

१) आँखाको लागी फाइदाजनक

मेवामा अत्याधिक मात्रामा भिटामित ए पाइने भएकाले यो आँखाको निम्ति फाइदाजनक हुन्छ । यसले आँखाको ज्योति गुम्नबाट बचाउनुका साथै ज्योति बढाउन समेत मद्यत मिल्छ । यसको नियमित सेवनले आँखामा रतन्धो हुनबाट समेत बच्न सकिन्छ ।

२) महिनावारीको पिडा कम गर्न

मेवामा पेपेन नामक एन्जाइम हुन्छ, जसले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ ।

३) शरिरको तौल कम गर्न

मेवामा पाइने फाइबरले भोक मेटाउन मद्यत गर्छ । साथै मेवाले आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । जसले गर्दा तौल घटाउन सजिलो हुने गर्दछ ।

४) मधुमेह रोगीका लागी उपयुक्त

मेवा गुलियो हुन्छ तर यसमा चिनिको मात्रा नाम मात्रको हुने हुँदा मधुमेह रोगीका लागी यो फल उपयुक्त हुने गर्छ । यसको नियमित सेवनले सामान्य मानिसहरुलाई समेत मधुमेहको खतराबाट टाढा राख्न मद्यत गर्छ ।

५) रोगप्रतिरोधात्मक क्षमता बढाउन

मेवाले हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्यत गर्छ । यसको नियमित सेवनले विभिन्न प्रकारका रोगको संक्रमणबाट बच्न सकिन्छ ।

६) क्यान्सरको खतरा कम गर्न

मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ ।

७) पाचत प्रक्रिया बलियो बनाउन

मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ ।

प्रकाशित : 7 September, 2018

प्रतिक्रिया दिनुहोस्