केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालगञ्जमा पनि एनालग केवल बन्द

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२, काठमाण्डौं उपत्यका लगायत प्रदेश नं. १ को विराटनगर, इटहरी त्यसैगरि विरगञ्ज र बुटवलमा समेत एनालग प्रविधिबाट सञ्चालित केवल टेलिभिजन बन्द गराइसकेको सञ्चार मन्त्रालयले नेपालगञ्जमा पनि अनुगमन गरि एनालग केवल बन्द गराएको छ । सम्पूर्ण टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने सञ्चार मन्त्रालयको अभियानअनुसार देशभर नै अनुगमन कार्यलाई तिव्र पार्दै नेपालगञ्जमा पनि अनुगमन गरि एनालग प्रविधिबाट सञ्चालित केवल टेलिभिजन बन्द गराएको हो ।

सञ्चार मन्त्रालयले नेपालगञ्जका बागेश्वरी केवल टेलिभिजन, सुपर भिजन केवल टेलिभिजन लगायतका केवल टेलिभिजनहरुमा अनुगमन गरि एनालग प्रविधिबाट सञ्चालित केवल टेलिभिजन बन्द गराएको छ । अनुगमनका क्रममा नेपालगञ्जमा सञ्चालित केवल टेलिभिजनहरुले भारतीय डिटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गरिएको पाइएको छ । नेपालमा भन्दा भारतमा सस्तो मुल्यमा पाइने भारतीय डिटीएच केवल टेलिभिजनहरुले नै गैह्रकानुनी रुपमा प्रयोग गरिरहेको पाइएको हो ।

सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाएको थियो । मन्त्रालयबाट पटक पटक सुचना र चेतावनी दिए पनि केवल बन्द नगरेपछि मन्त्रालयले अनुगमन गरेर नै केवल बन्द गराउने अभियान सुरु गरेको हो । अब चल्ने सम्पूर्ण एनालग केवलहरु अवैधानिक ठहरिनेछन् ।

विराटनगर, इटहरी, वुटवल, विरगञ्ज, नेपालगञ्ज लगायतका क्षेत्रहरुमा अनुगमन गरि एनालग प्रविधिबाट सञ्चालित केवल टेलिभिजनहरु बन्द भएसँगै अब चाँडै नै पोखरा, चितवन, धनगढि लगायतका क्षेत्रमासमेत अनुगमन गरिने सुचना तथा प्रविधि मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलले जानकारी दिए । देशका ठूला ठूला शहरहरुको अनुगमन कार्य सकिएलगत्तै सानासाना शहरहरुका साथै गाउँगाउँमासमेत अनुगमन गरि एनालग प्रविधिबाट सञ्चालित केवल टेलिभिजन बन्द गराइ डिजिटल प्रविधिमा रुपान्तरण गर्न तिव्र गतिमा लागीपर्ने इन्जिनियर भुजेलले www.sahayatratv.com संगको कुराकानीमा जानकारी दिए ।

सरकारले एनालग प्रविधिमा सञ्चालन भइरहेका केवल टेलिभिजनको नवीकरणमा समेत श्रावणबाट रोक लगाएको छ । नवीकरणमा रोक लगाइएका केवलहरुले श्रावणपछि नवीकरण गर्न चाहेमा प्रत्येक महिना १० प्रतिशत बढि जरिवाना तिरेर मात्र नवीकरण गर्न पाउने छन् । मंसिरमा ५० प्रतिशत जरिवाना तिरेर नवीकरण गर्न सक्नेछन् भने पुषमा नवीकरण गर्न चाहे १०० प्रतिशत नै जरिवाना लाग्ने छ । यदि ती केवलहरुले पुषसम्म पनि नवीकरण नगराएमा ती सम्पूर्ण केवल नेटवर्कहरु स्वतः खारेज गरिने व्यवस्था सञ्चार मन्त्रालयले मिलाएको इन्जिनियर भुजेलले सहयात्रा टिभिलाई जानकारी गराएका छन् ।

देशमा विभिन्न ठूला शहरहरमा एनालग प्रविधिबाट सञ्चालित केवलहरु बन्द भएसँगै धेरैको ध्यान डिस होम तर्फ आकर्षित भएको छ । डिजिटल प्रविधिबाट सञ्चालित गुणस्तरिया सेवासुविधा प्रदान गर्ने डिस होमले दिनप्रतिदिन थप्दै गएको सेवा सुविधा र सरकारले एनालग केवल बन्द गराउने प्रक्रियासँगै डिस होमका ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । ठूला शहरहरुबाट सुरु भएको एनालग केवल अनुगमन कार्य र बन्द गराउने कार्यले ठूलो परिमाणमा एनालग केवलका ग्राहकहरु डिस होमतर्फ होमिएका छन् ।

देशका सातै प्रदेशमा अनुगमन गरि एनालग केवल बन्द गराइ डिजिटल प्रविधिमा रुपान्तरण गर्ने सरकारको लक्ष्यलाई सफल बनाउन र हाम्रो टेलिभिजन हेर्ने सुविधालाई सुरक्षित राख्न सबै नागरिकहरुले अग्रिम रुपमा वैकल्पिक उपाय अपनाउनु बुद्धिमानि देखिन्छ ।

प्रकाशित : 7 September, 2018

प्रतिक्रिया दिनुहोस्