केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिया पिउने बानि छ ? जानिराख्नुस् यी कुराहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२४, कोही आफन्त अथवा साथीभाई भेट्ने बितिक्कै हामी सर्वप्रथम चियाको प्रस्ताव गर्छौ । घरमा कोही आयो भने पनि सुरुमा चिया नै ख्वाउछौ । हामी अरु कसैकोमा गए पनि सुरुमा चिया नै खान्छौ । बिहान उठ्ने बितिक्कै चिया खाने धेरैको बानी छ । अझ कतिपय त बेडमै चिया मगाएर खाने गर्छन ।

कार्यलयमा कम गर्ने र बाहिर काम गर्नेहरुले पनि दिनमा बारम्बार चिया पिउने गर्छन् । एक अनौपचारिक तथ्यांक अनुसार हाम्रो देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछन । चिया पिउनेहरु मध्ये पनि ८० देखि ८५ प्रतिशत मानिसहरुले दुध चियानै पिउने गर्दछन् । चियाले हाम्रो शरिरमा फाइदा भन्दा बढि बेफाइदा गरिरहेको हुन्छ । त्यसैले चिया पिउने बानिलाई कमसेकम कम गर्नु उपयुक्त हुन्छ । चिया पिउनु पूर्ण रुपमा बेफाइदाजनक त हुँदैन तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । चियामा प्रयोग गरिने चियारङले विशेष मानिसको स्वास्थ्यमा असर पु¥याउँछ ।

दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुने ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनले देखाएको छ ।
धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रान सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

तरिका पु¥याएर उचित परिमाणमा पिउने हो भने चिया स्वास्थ्यको लागी फाइदाजनक पनि हुन्छ । तर स्वास्थ्यको ख्याल नै नगरि जतिबेला भेट्यो त्यति बेला धेरै मात्रामा चिया पिउने बानिले भने स्वाथ्यमा नकारात्मक असर पु¥याउँछ ।

हाल चिया र कफिसँगै ग्रीन टि पनि मौलाउँदै गएको छ । ग्रीन टि ले भने हाम्रो शरिरमा खास्सै असर नगर्ने र विभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउने गरेको पाइएको छ ।
चिया पिउनु पर्छ तर चिया पिउँदै धेरै कुराहरुमा ख्याल गर्न सक्नु पर्छ । सहि तरिकाले पिउने हो भने चिया पनि फाइदाजनक हुन्छ तर गलत तरिकाले अर्थात स्वास्थ्यको ख्याल नगरि पिउने हो भने यो घातक पनि हुन सक्छ ।

चिया पिउनु अघि ध्यान दिनुपर्ने कुराहरु :

–बिहान खाली पेटमा स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुपर्छ । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।

– अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन, रिसाउने स्वाभाव आदि आउँछ ।

–विहान उठेर खाली पेटमा चिया पिउदा पाचन प्रक्रियामा अप्ठेरो पार्न सक्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।

–कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तताएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।

–सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।

–चियामा प्रयोग गरिने चियारङले स्वास्थ्यमा विभिन्न प्रकारका खराबीहरु निम्त्याउँछ, त्यसैले चियामा कडा रङको प्रयोग गर्ने अर्थात धेरै कप चिया पिउने बानि कम गर्नु राम्रो हुन्छ ।

प्रकाशित : 9 September, 2018

प्रतिक्रिया दिनुहोस्