केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नै स्तनको ४ सय ७० लिटर दुध दान गर्ने महिला

सहयात्रा टिभी

एजेन्सी । भदौ–२४, नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ । जसका करण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर केहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन पुग्ने दुध उत्पादन गर्छन् ।

अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी एक महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् । तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् ।

ती महिलाले बाटो हिड्दा होस अथवा घरमा बसेको बेला आफ्नो दुध दोएर बसेकी हुन्छिन् । यसरी दोएर संकलन गरेको दुध उनी अन्य दुध खान नपाएका बच्चाहरुको लागी दिन्छिन् । डाक्टर र वैज्ञानिकहरुले भने यसरी आवश्यकता भन्दा अत्याधिक मात्रामा महिलामा दुध उत्पादन हुनु कुनै रोगको लक्षण भएको बताएका छन् ।

प्रकाशित : 9 September, 2018

प्रतिक्रिया दिनुहोस्