केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेरेनालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन

सहयात्रा टिभी

एजेन्सी । भदौ–२४, युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । वर्षको चौथो तथा अन्तिम ग्राउण्ड्सलाम युएस ओपनमा सेरेना विलियम्सलाई २-० को सेटमा पराजित गर्दै ओसाका इतिहास रचेकी हुन् । आर्थर एस स्डेडियमा भएको फाइनलमा ओसाकाले आफ्नै आइडल सेरेनालाई ६-२, ६-४ ले सहजै हराएकी हुन् ।

खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवाना समेत गरिएको थियो । दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । यही सेटमा नाओमीले ५–३ को अग्रता समेत लिएकी थिइन् ।

एक छोरीकी आमा सेरेनाले २४औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने अपेक्षा राखेकी थिइन् । नाओमीलाई युएस ओपनको कप दिँदा दर्शक दिर्घाबाट असन्तोष समेत प्रकट भएको थियो ।

तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , “होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नु पर्दछ ।”

सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, “युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु ।”

प्रकाशित : 9 September, 2018

प्रतिक्रिया दिनुहोस्