केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘छक्का पञ्जा ३’ को दोस्रो गीतको ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२५, ‘फिल्म छक्का पञ्जा ३’ को दोस्रो गीतको ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द रचना दिपकराज गिरी तथा संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन् । कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायंकन रहेको भिडियोलाई सम्पादन बिपिन मल्लले गरेका हुन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्