केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२४ वर्षे युवतीले आफ्नै हजुरबासँग बिहे गरेपछि

सहयात्रा टिभी

एजेन्सी । भदौ–२५, अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् ।

मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् ।

जुन वृद्धसँग उनले पैसाको लोभमा परेर बिहे गरेकी थिइन् आखिरमा ती वृद्ध त उनकै हजुरबुवा रहेछन् ।विवाह भन्दा अघि उनीहरुविच त्यति धेरै चिनाजानि थिएन् । विवाह पछि एक दिन ति युवतीले घरमा भएको फोटो एल्बम हेरिरहेकी थिइन् उनले उक्त फोटो एल्बममा आफ्नो बुबाको फोटो पनि देखिन त्यसपछि आश्चर्यमा पर्दै आफ्नो लोग्ने अर्थात ती वृद्ध बुढासँग यो फोटो हजुरसँग कसरी आयो भनि सोधिन । त्यसपछि ती वृद्धले जुन जवाफ दिए त्यो सुन्न सक्ने नै थिएन् । फोटोमा भएका ती युवतीका बाबु अरु कोहि नभएर ती नै वृद्धको छोरो थिए । अर्थात ती युवतीले विवाह गरेका वृद्ध अरु कोहि नभएर आफ्नै हजुर बुबा थिए ।
हजुरबुबा र नातिनिको यो पवित्र सम्बन्धलाई यसरी धुमिल्याएपछि पनि उनीहरुले एक अर्कामा छुट्टिने कुरा भने गरेनन् । जे नहुनु भइसकेपछि दुवै जना लोग्नेस्वास्नी भएर नै बाँच्ने निधो गरेका छन् ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्