केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साप्तहिक राशिफल -Weekly Horoscope :

सहयात्रा टिभी

भदौ २५—३१, २०७५।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ अलंकारको प्राप्ति हुनेछ । स्वादिष्ट भोजन पाईने योग छ । प्रारम्भमै चुनौती देखिन सक्छ तर बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिने योग छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि सोमवारपछि आँट गर्दा रोकिएका काम बन्नेछन् । मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। प्रेमको बन्धन समेत जोडिने समय रहेको छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ। कला र गलाको प्रभाव बढ्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घर व्यवहारको समस्याले सताउला । केही चुनौती देखा पर्नेछन्। घरमा असमझदारी बढ्न सक्छ । बुधवारपछि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सप्ताहान्तमा मन मिल्ने मित्र भेटिनेछ । सावधान रहनु गलत निर्णय लिनपुगिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अचल सम्पत्ती हात पर्ने योग छ ।काम बन्नाले आयआर्जनका स्रोत बढ्नेछन्। सोमवारदेखि परिवारमा केही मतभेद बढ्नाले सम्वन्ध विग्रिन सक्छ । आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। बुधवारपछि स्थितिमा सुधार आउनेछ । अध्ययनका लागि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा अरुसंगको प्रतिस्पर्धामा मनग्गे लाभ दिलाउनेछ। नयाँ कार्यको थालनी हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुको दिन चुनौतीपूर्ण देखिन्छ। सोमवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ । बुधवारपछि परिवारमा समझदारी कायम गर्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ कार्यको थालनी हुनेछ । साताको पूर्वार्द्धमा कमजोर नतिजा आउन सक्ने प्रवल सम्भावना छ । खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। वादविवादबाट अलि सावधान रहनुहोला। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। सप्ताहान्तमा घरेलु समस्यामा आईलाग्न सक्छ । घरमा अतिथीको आगमन हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । प्रारम्भमा घरखर्च बढ्नुका साथै र्आिथक अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। सोमवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। बुधवारपछि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारको समस्याले सताउनेछ । साताको सुरुवातीमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। सोमवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। बुधवारपछि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। सामान हराउन सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सोमवारदेखि आम्दानी बढ्नेछ । सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सुखद समाचार सुन्न मिल्नेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
राज्य बाट सम्मान पाइनेछ । परिस्थितिवश चिताएको काम नहुन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। सुरुमा चुनौती देखिए पनि सोमवारदेखि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। नयाँ नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सप्ताहान्त पनि परिस्थितिवश केही खर्चिलो बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि  (Capricorn)
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। बुधवारपछि स्थितिमा सुधार आउनेछ भने मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। सप्ताहान्तमा आम्दानी बढ्नेछ तर रकम सञ्चय भने नहुन सक्छ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ब्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बैदेशिक क्षेत्र कमजोर रहला । प्रियजनसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ । चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। सोमवारदेखि केही अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। बुधवारपछि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। मनोरञ्जनमा सहभागीता भइएला । प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। बुधवारपछि परिस्थितिवश केही झमेला आइलाग्न सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। शिक्षामा सफलता मिल्नेछ ।

प्रकाशित : 10 September, 2018

प्रतिक्रिया दिनुहोस्