मिटरमा जान नमान्ने ४० ट्याक्सी चालक कारबाहीमा

काठमाण्डौं । भदौ–२६, महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार ४० ट्याक्सी चालकलाई कारबाही गरेको छ । प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा सोमबार ४० जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ।
पछिल्लो समय ट्राफिक प्रहरीले नियमित अनुगमन गरी ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको छ।