केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

सहयात्रा टिभी

एजेन्सी । भदौ–२६, संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्ने बताइएको छ ।

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो ।

प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिन वासिङ्टन उद्यत रहेको पुष्टी गर्नेछ भने । स्वास्थ्य र शिक्षा समेतका मानवीय सेवाका लागि उपलब्ध हुने आर्थिक सहायतामा समेत अमेरिकाले कटौती गरेकामा उनले रोष प्रकट गरे ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात् पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ ।

प्रकाशित : 11 September, 2018

प्रतिक्रिया दिनुहोस्