केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुढी औलाबाट थाहा पाउनुस् आफ्नो स्वाभाव

सहयात्रा टिभी

ऐजेन्सी । भदौ–२६, मानिसहरुको स्वाभाव उनीहरुका शरिरका अंगहरुको अवस्थाबाट पनि केहि हदसम्म पत्ता लगाउन सकिन्छ । हामी ज्योतिषहरुलाई हत्केला हेराएर पनि आफ्नो भाग्य हेराउने गर्छौँ । त्यसैगरि कोहि हात खुट्टाका औँलाहरु, कान, आँखा, मुख, शरिरका विभिन्न भागमा भएका कोठी आदिको माध्यमबाट पनि मानिसहरुको स्वाभाव बताउने गर्छन् । यस भनाइलाई कतिले विश्वास गर्छन् भने कतिले विश्वास नगरेर वाइहात समेत भन्ने गरेको पाइन्छ । तर विश्वका कतिपय विकसित देशहरुमा समेत यी कुराहरुमा विश्वास गर्ने गरेको पाइन्छ । त्यसैगरि हातको बुढि औँलाबाट पनि मानिसहरुको स्वभाव बताउन सकिन्छ ।

यसलाई यसरी हेर्न सकिन्छ ।

अलि कति बांगो बुढी औँला हुनेहरु

यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछ। यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन। हरेक काममा सकरात्मक सोच लिन्छन। बैबाहिक जीवन एकदम सुखमय हुन्छन। तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ। उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन। जीवनलाई गम्भीर रुपमा सोच्छन। नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ। तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन। एकदम दयालु हुन्छन। यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन। आमा, बुबालाई एकदम माया गर्छन। घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन।यिनीहरुको जीवनमा पैसाको कमि हुदैन। जीवनको अन्तिम पल एकदम सुखमय हुन्छन।

सिधा बुढी औला हुनेहरु

यस्तो औँला हुनेहरु एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र उनीहरुकोजीवन एकदम ब्यबस्थित पनि हुन्छन। यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ। यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन । आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन्। यदि कसैले मग्न आएमा अस्विकार पनि गर्दैनन। काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन। उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ।

पुरै बाङ्गिएको बुढी औला

यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन। जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन। यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन। यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ। ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ। यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन।

प्रकाशित : 11 September, 2018

प्रतिक्रिया दिनुहोस्