केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीज शुभ रहोस !!

सहयात्रा टिभी

सहायात्राटीभी : तीज नेपाली हिन्दु नारीहरुको महान र पवित्र पर्व । हरेक वर्ष भाद्र शुक्ल द्धितियादेखि सुरु भइ यो पर्व ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ । यस पर्वमा विशेष गरि दिदीबहिनहिरु माइतीमा भेला भई अघिल्लो दिन दर खाएर भोलिपल्ट दिनभर निराहार व्रत बस्ने, दुखसुखका गीत गाउने र रमाइलो गर्ने गर्छन् ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिएपछि पार्वतीलाई उक्त कुरा मन परेन । त्यसपछि उनले आफुले मन पराएको वर पाउ भनि तपस्या गर्न अनकन्टार जङ्गलमा गइन र शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भईसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोहि तिथीदेखि हिन्दू नारीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउन थालेको किंवदन्ती पाइन्छ । यर्सथ यस दिनलाई तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको हो ।तिजको दर खाने दिनमा रातीसम्म पनि अनेक परिकार बनाइ खाने चलन रहेको छ भने भोलीपल्ट तीजको व्रत बस्ने परम्परा रहेको छ । व्रत बस्ने दिनमा पानी पनि नपिइ भगवान शिवको पुजाआराधना गरिन्छ । उक्त दिन नाचगान गर्ने, मनका भावनाहरुलाई गीतसंगीतको माध्यमबाट उजागर गर्ने, भजनकृतन गर्ने गरिन्छ । साथै व्रतको दिन रातमासमेत जाग्राम बसी रमाइलो गर्ने गर्छन् ।
तिजको व्रत विवाहित महिलाले श्रीमानको लामो आयु, सुस्वास्थ्यको कामना गरि बस्छन् भने अविवाहित नारीहरुले सुयोग्य, कर्मठ र शिवजस्तै पति पाउने उद्देश्यले तिजको व्रत वस्ने गर्दछन् । तिजको व्रत बसी पतिको गोडाको पानी खाएमा पतिको आयु लामो हुने विवाहित महिलाहरुको विश्वास रहेको छ । सोहिअनुसार दिनभर व्रत बसेका महिलाहरुले साँझमा पतिको गोडाको पानि खाएर व्रत तोड्ने गरेको पाइन्छ ।

नेपालका सम्पूर्ण नारीहरुले उत्सवका रुपमा मनाउने तिज पर्व नेपालभर पुरै हर्षोल्लासका साथ मनाइन्छ । देशभरका सम्पूर्ण शिव मन्दिरहरुमा भक्तालु अर्थात व्रतालु महिलाहरुको भिड लाग्ने गर्छ । हाल भने नेपालमा तिज सुरु हुनु भन्दा केहि समय पहिले देखिनै विभिन्न कार्यक्रमहरुको आयोजना गरि तिज मनाउने गरेको पनि पाइन्छ । पछिल्ला केही बर्षहरुमा तीजलाई महंगा गहना प्रर्दशन गर्ने पर्वको रुपमा समेत हेरीदै आएको छ । जवसम्म महिलाहरुमाथि हुने विभिन्न खाले बिभेदहरु समाजमा अन्त्य हुन सक्दैन तवसम्म हिंसा न्यूनिकरण हुँदैन । अवका तीजहरु गहना प्रदर्शनतर्फ नभएर महिलाहरुले पाएका दुःख र पीडाहरुमा डटेर सामाना गर्ने साहस, उत्साह र प्राप्त अधिकारको रक्षाका लागि सामुहिक एकताबद्ध भएर अगाडी बढ्ने अभियानको रुपमा तीजलाई बिकसित गर्नुपर्ने देखिन्छ तीजको अवसरमा चन्दा प्रोडक्सन तथा सहयात्राटीभी परिवारको तर्फवाट सम्पूर्ण हिन्दु दिदीबहिनीहरुमा हार्दिक
शुभकाना

प्रकाशित : 12 September, 2018

प्रतिक्रिया दिनुहोस्