केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पाशुपत क्षेत्रमा महिला भक्तजनको भिड

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२७, हरितालिका तीजका अवसरमा आज बिहानै देखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको हो ।

पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु कोहि तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् भने कोहि पुजा गर्नको लागी लामो लाइनको ताँतिमा बिहानै देखि उभिइरहेका छन् ।

आजको दिन विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गरि व्रत बस्छन् भने अविवाहित नारीहरुले सुयोग्य भगवान शिव जस्तै पति पाउँ भनी व्रत बस्ने गर्छन् ।
भगवान शिवको पुजा गरि व्रत वस्नका लागी पशुपतिनाथमा उपस्थित भएका अकांश महिलाहरु घाम पानी नभनि भोकै तिर्खै दिनभर लामो लाइनमा उभिनु परिरहँदा पनि अलिकति पनि दुखि देखिन्दैनन् । सबै जना खुसी र हर्षको महशुस गरिरहका छन् ।
आज पशुपतिनाथमा मात्र नभइ देशभरकै शिव मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको छ ।

प्रकाशित : 12 September, 2018

प्रतिक्रिया दिनुहोस्