विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार
एजेन्सी । भदौ–२८, विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् ।
लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् ।
‘गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो’, वकिल डेभिड सोनले भने ।
‘सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ’, ती वकिलले भने, ‘उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।’
लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उनी अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिन्छन् ।
डेली मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था छ ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् ।
‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो, म स्वीकार गर्दछु’, उनले भने । तर सधैँ यस्तै गति भने नहुने उनद्वारा जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ ।