केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कामना अवार्डस्–२०७५ को मनोनयन सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, कामना अवार्डस्(२०७५ को मनोनयन सार्वजनिक भएको छ। २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रबाट उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरिएको हो।

‘छक्का पञ्जा २’ सर्वाधिक १५ विधामा मनोनयनमा परेको छ। ‘छक्का पञ्जा २’ लाई पछयाउादै ‘कृ’ सर्वाधिक १३ र ‘ए मेरो हजुर २’ ११ विधामा मनोनयनमा परेका छन्।

अवार्डमा सर्वोत्कृष्ट चलचित्र विधामा ‘ब्लाइन्ड रक्सु’, ‘घामपानीु’, ‘कृु’, ‘लीली बिलीु’ र ‘शत्रु गते’ मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र ‘छक्का पञ्जा २’ बाट दीपाश्री निरौला, ‘लिली बिली’बाट मिलन चाम्स, ‘मंगलमुबाट नवल नेपाल’, ‘शत्रु गतेुबाट प्रदीप भट्टराई र ‘कृ’ बाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्।

अभिनेतातर्फ ‘छक्का पञ्जा २’बाट दीपकराज गिरी, ‘घामपानीुबाट दयाहाङ राई, ‘झ्यानाकुटीुबाट सौगात मल्ल, ‘कृुबाट अनमोल केसी, ‘लिली बिलीुबाट प्रदीप खड्का र ‘मंगलमुबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्फ ब्लाइन्ड रक्सुबाट बेनिषा हमाल, ‘शेरबहादुरुबाट मेनुका प्रधान, पञ्चायतुबाट नीता ढुंगाना, शत्रु गतेुबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनुबाट सारा सिरपाली र मंगलमुबाट शिल्पा पोखरेल मनोनयनमा परेका छन् ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्