केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

भदौ–२९,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको कार्य पुरा होला । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । पतिपत्निको सम्बन्धमा गाढापन आउने । नयाँ कामको थालनी गर्दा सफल हुन सक्ने । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि आँट गर्दा रोकिएका काम बन्नेछन् ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
वैदेशिक क्षेत्रमा गरिएका कार्यले  फाइदा पुर्‍याउनेछ । धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । आयआर्जनका स्रोत बढ्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह )
शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । अध्ययनका लागि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ ।परिवारमा समझदारी कायम गर्ने प्रयास गर्नुपर्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । घरेलु समस्या आईलाग्न सक्छ । घरमा अतिथीको आगमन हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्यमा गडबढि हुन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् । महिला वर्गबाट सहयोग मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनोरञ्जनमा सहभागी भइएला । टाढाका इष्टमित्रसँग भेट हुने सम्भावना । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। यात्रा गर्दा बोकिएको सामाग्रीमा ध्यान दिनुहोला हराउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सुखद समाचार सुन्न मिल्नेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
शिक्षा क्षेत्रमा सफलताको लक्षण देखिनेछ । आजको दिन केही खर्चिलो बन्नसक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
धार्मिक यात्रा गर्ने अवसर मिल्ला । आम्दानी बढ्नेछ तर रकम सञ्चय भने नहुन सक्छ। कठिन काम बन्न सक्ने योग छ । आत्मविश्वास बढ्ने ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिवारमा उत्सव छाउने छ । शत्रुमाथि विजयि हुन सक्ने योग रहेको छ । हर्षोल्लासको वातावरण सृजना हुनेछ । टाढिएका साथिभाईसँग भेट हुने संकेत ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यात्रा गर्दा ध्यान पु¥याउनु होला । कठिन यात्राको योग छ । विश्वास गरेकै व्यक्तिबाट धोका हुने सम्भावना । आफ्ना गोप्य कुराहरु गोप्य नै राख्नु उपयुक्त हुन्छ । शिक्षामा सफलता मिल्ने योग ।

प्रकाशित : 14 September, 2018

प्रतिक्रिया दिनुहोस्