केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वस्त्र तस्वीर धितो राखेर ऋण दिने कम्पनी

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२८, बैंकबाट ऋण लिँदा धितोको रुपमा केही न केही धरौटी राख्नै पर्छ भन्ने हामीलाई थाहा भएकै कुरा हो । घरजग्गाको लालपुर्जा, अन्य खाले जिन्सी लगायतका सामान धरौटीमा राख्ने प्रचलन नौलो होइन । तर चीनको एउटा यस्तो कम्पनी अहिले चर्चामा छ जसले दुनियामै नौलो धरौटीको व्यवस्था गरेको छ ।

यो कम्पनीले धरौटीको रुपमा लालपुर्जा तथा जिन्सीजस्ता चिज राख्दैन, उसले धरौटीको रुपमा कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर लिएर राख्दछ ।Jiedaibao नामको यो कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्दछ ।

कम्पनीबाट कर्जा लिनका लागि ठूलो लाइनमा बसेर फाराम भर्नु पर्दैन, कुनै एजेन्टको आवश्यकता पनि पर्दैन । मात्र आफ्नो निर्वस्त्र तस्वीर धितो राख्न दिने शर्तको पालता गर्नुपर्दछ ।उक्त तस्वीरमा महिलालाई निर्वस्त्र भएर आफ्ना परिचयपत्र सँगै फोटो खिचाएर दिनुपर्दछ ।

प्रकाशित : 13 September, 2018

प्रतिक्रिया दिनुहोस्