केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५० वर्षको जेल सजायँबाट बचायो कुकुरले

सहयात्रा टिभी

एजेन्सी । भदौ–२९, अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शौषणको मामलामा दोषी ठहर ५० वर्षको जेल सजाय सुनाएको थियो । तार एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारणले गर्दा हार्नर ५० वर्षको जेल सजायबाट मुक्त भएका छन् ।

४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र प्रमाण मेटाउनका लागि लुसीलाई गोली हानिएको आरोप लागेको थियो । तर पछि लुसी आफ्ना नयाँ मालिकसँग भेटिएपछि हार्नर सजायँबाट बचेका हुन् । मूल केसको सुनुवाईको क्रममा पनि अदालतले सर्वसम्मत निर्णय दिएको थिएन । गैर नाफामुलक कानूनी संस्था आरेगन इनोसेन्स प्रोजेक्टले हार्नरको मुद्दाको समिक्षा गरिरहेको थियो जसमा विभिन्न त्रुटी पाइएका थिए ।

अप्रिलमा उक्त संस्थानले स्थानीय सरकारी वकिल जोन हमलसँग मिलेर मुद्दामाथि काम गरिरहेका थिए । हार्नरले लुसी जिउँदो भएको र उनले लुसीलाई मार्ने कोसिस नगरेको बताउँदै आएका थिए ।

हार्नरको यो दाबी पछि संस्थान र सरकारी वकिलका कार्यालयका अधिकारीले लुसीलाई खोज्न अत्याधिक प्रयास गरे । अन्तत लुसी जिवितै भेटियो । लूसी भेटिएपछि बालिकाले गलत बयान दिएको सावित भएसँगै हार्नर ५० वर्षको जेल सजायबाट मुक्त भएका हुन् ।

प्रकाशित : 14 September, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्