केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिलिपिन्समा गएको शक्तिशाली आँधीबाट १४ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । भदौ–३१, फिलिपिन्समा गएको शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् भने फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ ।

१ सय ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन् । आँधीकै कारण हवाई सेवाहरु अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति बन्द भएको छ ।

आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ । आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् ।

डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ । फिलिपिन्सको इतिहासमा हालसम्मकै सबैभन्दा खतरनाक आँधी २०१३ मा आएको थियो जसमा ७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए ।

प्रकाशित : 16 September, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्