ला लिगा फुटबलमा विल्वाओसँग बराबरीमा रोकियो रियल मड्रिड

एजेन्सी । भदौ–३१, स्पानिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल मड्रिडले एथ्लेटिको विल्वाओसँग बराबरी खेलेको छ। इस्कोले दोस्रो हाफमा गरेको गोल मद्दतमा रियलले विल्वाओसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
विल्वाओले घरेलु मैदानमा इकर मुनियनको गोलमार्फत ३२औँ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको रियलका लागि ६३औँ मिनेटमा इस्कोले बराबरी गोल फर्काए।
बराबरपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्ने मौका गुमाएको छ। ४ खेलबाट १० अंक जोडेको रियल अंकतालिकामा दोस्रो स्थानमा छ।