केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एन्टिबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलाएपछि

सहयात्रा टिभी

एजेन्सी । भदौ–३१, अमेरिकामा एन्टिबायोटिक औषधि सेवन गरिरहेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएको छ । कार दुर्घटनामा परेपछि दुवै खुट्टामा चोट लागेकी ५५ वर्षीया एक महिलाले उपचारका क्रममा मेरोपेनेम तथा मिनोसाइलाइन लगायतका एन्टिबायोटिक औषधि सेवन गर्दा जिब्रोमा रौँ पलाएको हो ।

सो औषधि खाएको चार हप्तापछि उनको जिब्रो बाक्लियो, स्वाद बिग्रियो र अप्ठेरो हुन थाल्यो । त्यसपछि उनी डाक्टरकोमा मुख परीक्षण गराउँन जाँदा जिब्रोमा रौँ पलाएको थाहा भयो । जिब्रोमा कालो रङ पलाउने यस्तो समस्याको मुख्य कारक तत्व उनले सेवन गरेका विभिन्न खाले एन्टीबायोटिकको एलर्जीका कारण भएको हुनसक्ने बताइएको छ ।

यो अनौठो रोगलाई चिकित्सा भाषमा लिंगुआ भिलासा निग्रा भनिन्छ । यसमा १ देखि १८ मिलिमिटरसम्म लामा रौँ जिब्रोमा पलाउँछन् । मुखको स्वास्थ्य कमजोर हुनु, धेरै अल्कोहल सेवन गर्नु तथा धुम्रपान समेतका आनीबानीले यस्तो समस्या बढाएको बताइएको छ ।

१३ प्रतिशत मानिसमा यस्तो समस्या देखिने र समयमै उपचार तथा मुखको स्वास्थ्यमा ध्यान दिएमा रोग निको हुने बताइन्छ ।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्