केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–१,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वाथ्यमा सुधार आउनेछ । काममा अग्रसर भइनेछ । अफ्ट्यारा परिस्थितिहरु सुल्झँदै जानेछन् ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक अभावले केहि समस्याहरु देखिन सक्छ । परिस्थिति प्रतिकुल हुनाले अफ्ट्यारोे परिस्थितिको सामना गर्नुपर्ने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोचेको काम बन्नाले हर्षको भावना पैदा हुनेछ । काममा जाँगर लाग्नेछ । प्रतिस्पिर्धीहरुको मनोबल कमजोर हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिम्मत गर्न सके चिताएको काम बन्ने योग छ । खर्चमा वृद्धि होला । दिगो फाइदा हुने कामको थालनि हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा फाइदा हुनेछ । लक्ष्यमा पुग्न सकिने छ । साथीभाई इष्टमित्रको सहयोग प्राप्त होला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विश्वास गरेका र भर परेका व्यक्तिहरुबाट धोका हुन सक्छ । नजिक हुन खोज्ने र साइनो गाँस्नेहरुबाट सर्तक रहनु होला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीको स्रोत बढ्नेछ । दिगो फाइदा हुने कामको थालनि हुनेछ । नयाँ कामबाट अवसर आउने योग देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयस्रोत बढ्नेछ । मित्रजनबाट सहयोग प्राप्त हुनेछ । अन्य मानिसहरुलाई आफ्नो व्यक्तित्वबाट प्रभावित गर्न सकिनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरहरु प्राप्त हुने हुँदा हौसला र उत्साहमा वृद्धि हुनेछ । आकर्षक आम्दानी हुने योग छ । आलोचकहरुबाट समेत प्रशंसा पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अभावले गर्दा समस्या आउन सक्छ । साथीभाईसँगको भेटघाटले उत्साह छाउनुको साथै टाढाको यात्रा गर्ने अवसर मिल्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रो अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने कामको थालनि हुनेछ । आम्दानीमा वृद्धि हुनाले आइपर्ने समस्याहरुको सजिलै समाधान हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
सुख दुखमा साथ दिनेहरु प्रशस्त भेटिने छन् । प्रतिष्ठित व्यक्तिसँग भेट हुने अवसर प्राप्त होला । आम्दानीका साथै इज्जत र प्रतिष्ठामा समेत वृद्धि हुनेछ ।

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्